शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुरका कोरोना संक्रमितको धुलिखेल अस्पतालमा मृत्यु

भक्तपुरका कोरोना संक्रमितको धुलिखेल अस्पतालमा मृत्यु

कोरोना भाइरसको संक्रमणबाट भक्तपुर सुर्यविनायक ८ का ५५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट भक्तपुर सुर्यविनायक ८ का ५५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

उपचारका लागि तीन दिनअघि धुलिखेल अस्पतालमा भर्ना भएका उनको मंगलबार राति मृत्यु भएको हो । उपचारकै क्रममा राति ११ः५५ मा मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले जानकारी दिए ।

अन्य समस्या लिएर स्वाथ्य जाँच गर्न गनएका उनको कारोना परिक्षण गर्दा पोजेटिभ आएको थियो । उनी मुटु र थाइराइडको समस्याबाट पनि ग्रसित रहेको अस्पतालले जनाएको छ ।

यो सँगै कोरोनाबाट काभ्रेमा ४ जनाको मृत्यु भएको छ । जसमा काभ्रे बाहिरका २ जना छन् ।

प्रकाशित: Aug 26, 2020| 10:37 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।