कैलाली- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ का एक पुरुषको कोरोना संक्रमण देखिएको भोलिपल्टै मृत्यु भएको छ ।
धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ४५ वर्षीय पुरुषको आज (बुधबार) बिहान मृत्यु भएको हो । उनी कोरोना भाइरसबाट संक्रमित भएको मंगलबार साँझमात्रै पुष्टि भएको थियो ।
कोरोना पुष्टि हुनु अघि धनगढीकै निजी अस्पताल (निसर्ग)मा उपचारतत उनलाई कोरोना पुष्टि भएपछि मंगलवार राति ११ बजे सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा ल्याइएको थियो।
अवस्था नाजुक भएकाले अस्पताल ल्याए लगत्तै भेन्टिलेरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। उनका अनुसार संक्रमितको बुधबार बिहान सवा ९ बजेतिर मृत्यु भएको हो ।
योसँगै सुदूरपश्चिममा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।