शुक्रबार, भदौ १२, २०८३

कोरोनाबाट विराटनगरमा थप एक महिलाको मृत्यु

विराटनगर महानगरपालिका–१५ की महिलाको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

विराटनगर- कोरोना संक्रमणबाट विराटनगरमा थप एक महिलाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–१५ की महिलाको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो ।

उपचार गर्न अस्पताल भर्ना भएकै दिन मंगलरबार राति उनको मृत्यु भएको अस्पतालले जनाएको छ । ४४ वर्षीया महिलाको श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार दिउँसो अस्पताल भर्ना गरिएको थियो ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको केही बेर मै उपचाररत महिलाको मृत्यु भएको विराटका कोभिड फोकल पर्सन डाक्टर पुरु कोइरालाले जानकारी दिए ।

योसँगै कोरोनाका कारण विराटनगरका ११ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Aug 26, 2020| 08:58 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।