शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकामा ७ दिन निषेधाज्ञा थपियो, भदौ १७ सम्म कायम रहने

काठमाडौं उपत्यकामा ७ दिन निषेधाज्ञा थपियो, भदौ १७ सम्म कायम रहने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप सात दिन लम्ब्याउने निर्णय भएको छ ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा सात दिन लम्ब्याउने निर्णय भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलपछि थप सात दिन निषेधाज्ञा थप्ने निर्णय भएको हो । यस विषयमा आज बस्ने बैठकमा औपचारिक निर्णय हुने भएको छ ।

उपत्यकास्थित नगरका प्रमुखहरू, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारी सम्मिलित बैठकले यसअघि नै काठमाडौँ, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो।

सोहि सिफारिस बमोजिम प्रमुख जिल्ला अधिकारीहरुले थप ७ दिन निषेधाज्ञा थप्ने निर्णय लिएका हुन् ।

यद्यपी यस विषयमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु आधिकारीक रुपमा बोलेका छैनन् । 'विज्ञप्ति नै सार्वजनिक हुन्छ, हामी त्यसकै तयारीमा छौ,' ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले भने ।

७ दिन निषेधाज्ञा थपिएसँगै काठमाडौं उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म अत्यावाश्यक बाहेकका सबै क्षेत्र ठप्प हुनेछन् । नाकामा अझै कडाइ गर्ने पनि बैठकले निर्याय गरेको छ ।

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण ह्वात्तै बढेसँगै रोकथामका लागि भदौ ३ गते राति १२ बजेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको थियो । यदि म्याद नथपिएको भए निषेधाज्ञा आज रातिबाट सकिने थियो ।

प्रकाशित: Aug 26, 2020| 08:47 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।