काठमाडौं– कोरोना महामारीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न नेपाल चिकित्सक संघले आग्रह गरेको छ।
संघका अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्यकर्मीहरु हरतवरले लागिरहँदा दुर्व्यवहारले उनीहरुको मनोबल कमजोर हुने बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा अध्यक्ष कार्कीले भोक, प्यास र परिवार नभनी फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्न आग्रह गरे।
कोरोना संक्रमण सुरु भएपछि मात्रै २५ भन्दा बढी स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारका घटनाहरु भएका छन्। स्वास्थ्यकर्मीको संख्या पनि सीमित भएकाले यस्ता व्यवहारले भोलि समस्या आउन सक्ने भन्दै कार्कीले स्वास्थ्यकर्मीलाई दुर्व्यवहार नगर्न आग्रह गरे ।
