काठमाडौं– जिल्ला प्रहरी कार्यालय मकवानपुरले ११ किलो लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।
मकवानपुरगढी गाउँपालिका– ४ सामरीपुलका ६८ वर्षीय विष्णुलाल रुम्बालाई पक्राउ गरेको हो।
उनको घरमा लागू औषध गाँजा लुकाई राखेको भन्ने सूचनाका आधारमा प्रहरीले घरमा खानतलासी गरेको थियो।
उनले बोरा र प्लास्टिकको झोलामा राखेको ११ किलो लागू औषध गाँजा बरामद भएको हो।
पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
