बिहीबार, भदौ ११, २०८३

कर्णालीमा बगेर दुई बालक बेपत्ता

नुहाउने क्रममा कर्णालीमा नदीमा बगेर दैलेखका दुई बालक बेपत्ता भएका छन्।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– नुहाउने क्रममा कर्णालीमा नदीमा बगेर दैलेखका दुई बालक बेपत्ता भएका छन्।

आठबीस नगरपालिका–४ भेल्तडीका १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी बेपत्ता भएको प्रहरीले जनाएको छ।

दुवै जना बाख्रा चराउन गएको बेला नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरिबहादुर वलीले नदीमा बेपत्ता भएकाहरुको खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको जानकारी दिए।

खोजी कार्यमा स्थानीय र तीन वटै सुरक्षा निकाय लागिपरेको उनले जानकारी दिए।

प्रकाशित: Aug 25, 2020| 16:43 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।