बिहीबार, भदौ ११, २०८३

काठमाडौं उपत्यकामा थप २३२ जना संक्रमित

काठमाडौं उपत्यकामा आज मंगलबार २३२ जना कोरोना संक्रमित थपिएका छन्।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा आज मंगलबार २३२ जना कोरोना संक्रमित थपिएका छन्।

उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १९९ जना, ललितपुरका १९ जना र १४ भक्तपुरका जनामा संक्रमण पुष्टि भएको हो।

केही दिनयता काठमाडौं उपत्यकामा दैनिक सयभन्दा बढी संक्रमित थपिइरहेका छन्। हिजो सोमबार काठमाडौंका १७७ जना, ललितपुरका ३३ जना र भक्तपुरका १४ गरी २२४ जनामा संक्रमण पुष्टि भएको थियो।

त्यसैगरी अस्ति आइतबार काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जनामा संक्रमण पुष्टि भएको थियो।

शनिबार काठमाडौंका १६० जना, ललितपुरका ६ जना र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको थियो।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या ३ हजार ६९८ पुगेको छ। यीमध्ये काठमाडौंका २ हजार ८६६, ललितपुरका ४७६ जना र भक्तपुरका २७८ जना छन्।

प्रकाशित: Aug 25, 2020| 16:22 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।