बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षमता विस्तार गर्न मुख्यमन्त्री राईको निर्देशन

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षमता विस्तार गर्न मुख्यमन्त्री राईको निर्देशन

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमितको संख्या बढेसँगै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षमता विस्तार गर्न निर्देशन दिएका छन् ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमितको संख्या बढेसँगै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षमता विस्तार गर्न निर्देशन दिएका छन्।

उनले ५ सय क्षमताको आइसोलेशन बेड र कोभिड अस्पताललाई २ सय बेड क्षमताको यथाशिघ्र तयार गर्न निर्देशन दिए।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचारबारे जनस्तरबाट गुनासो आएपछि मुख्यमन्त्री राईले पदाधिकारीलाई मुख्यमन्त्री कार्यालय विराटनागरमा बोलाएर गुनासो नआउने गरी उपचारको प्रवन्ध मिलाउन पनि निर्देशन दिएका छन्। उनले कोरोना संक्रमित र अन्य विरामीलाई छुट्टा छुट्टै उपचारको प्रवन्ध मिलाउन निर्देशन दिए।

मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर निर्देशन दिएका हुन्। उनले विरामीहरुको राम्रो उपचार गराउन र आएका विरामीहरुलाई नफर्काउन समेत पदाधिकारीहरुलाई निर्देशन दिए।

तत्काल पीसीआर परीक्षणको दायरा बढाउन निर्देशन दिँदै आवश्यक समन्वय गर्नका लागि संयन्त्र निर्माण गर्न मुख्यमन्त्री राईले निर्देशन दिएका छन्। मुख्यमन्त्रीको निर्देशनसँगै वीपीका पदाधिकारीहरुले आवश्यक कामहरु थाल्ने जानकारी गराएका थिए।

प्रकाशित: Aug 25, 2020| 15:59 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।