बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री र रसियाका राजदूतबीच भेटवार्ता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री र रसियाका राजदूतबीच भेटवार्ता

नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग भेट गरेका छन्।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग भेट गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री नेम्वाङले विश्वव्यापी कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप रुसले तयार गरेकोमा बधाई दिएका थिए। उनले खोपले विश्व मानव जातिलाई बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

भेटमा मन्त्री नेम्वाङले पूर्वपश्चिम विद्युतीय रेलमार्गको कम्तिमा पनि इनरुवा–बर्दिवास खण्डको निर्माणमा लगानी सहितको सहकार्य गर्नेबारे प्रस्ताव गरेका छन्। त्यस्तै करिब साढे ४ अर्ब लागत अनुमान गरिएको ७२ किलोमिटर लामो काठमाडौं मेट्रो प्रोजेक्टमा समेत रुसी सहकार्य सम्बन्धमा छलफल भएको छ।

उक्त मेट्रो प्रोजेक्टको पाँच खण्डमध्ये कुनै पनि खण्डमा रुसी प्रविधि र लगानी सहित सहभागी हुन गरिएको प्रस्तावमा राजदूत नोभिकोभले नेपालको विकासमा सहकार्य गर्न आफू उत्साहित रहेको र रसियन सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

भेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, सहसचिव गोपाल सिग्देल र रेल विभागका महानिर्देशक बलराम मिश्र पनि सहभागी थिए।

प्रकाशित: Aug 25, 2020| 15:49 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।