बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट ज्यान गुमाउनेका आफन्तलाई दाहसंस्कारमा सहभागी हुन दिन अदालतको आदेश

कोरोनाबाट ज्यान गुमाउनेका आफन्तलाई दाहसंस्कारमा सहभागी हुन दिन अदालतको आदेश

कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका परिवार तथा आफन्तलाई दाहसंस्कारमा भाग लिन चाहेमा भाग लिन दिन उच्च अदालत विराटनगरले आदेश दिएको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका परिवार तथा आफन्तलाई दाहसंस्कारमा भाग लिन चाहेमा भाग लिन दिन उच्च अदालत विराटनगरले आदेश दिएको छ।

दाहसंस्कारमा भाग लिन पाउने परिवार र आफन्तको अधिकार भएकोले भाग लिन चाहनेलाई आवश्यक सुरक्षा व्यवस्था मिलाएर भाग लिन दिन अदालतले आदेश दिएको हो।

स्थानीय निलिमा दाहालले दिएको रिटमाथि सुनुवाई गर्दै अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले यस्तो आदेश दिएको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए।

निलिमाले आफ्नो बाबु सिताराम दाहालको मृत्यु अस्पतालको लापरबाहीबाट भएको र आफूहरूलाई मृत्यु संस्कारमा भाग लिन पनि नदिएको भन्दै रिट दिएकी थिइन्।

सिताराम अस्पताल भर्ना भएदेखि मृत्यु हुँदासम्म कोको चिकित्सकले वा स्वास्थ्यकर्मीले कति समयको अन्तरालमा के कस्तो उपचार सेवा दिए, त्यसको विवरण पठाउन कोशी अस्पताललाई पनि अदालतले आदेश दिएको छ।

यस्तै आइसोलेसन र आइसियुका संक्रमितलाई परिवारसँग भेट्ने प्रवन्ध मिलाउन पनि आदेश दिएको छ। ‘अस्पतालमा उपचाररत संक्रमित वा निजका परिवार एकआपसमा भेटघाट गर्न र अद्यावधिक अवस्थाको जानकारी पाउनुपर्ने हुँदा सुरक्षा मापदण्डको अधिनमा रही प्रत्यक्ष भेटघाट, सिसिटिभि वा अन्य सञ्चारका माध्यमबाट भेटघाट र सम्पर्क गर्न पाउने अवसरको सुनिश्चितता गर्नु,’ आदेशमा भनिएको छ।

विराटनगर उच्च अदालतले संक्रमण अझै बढ्न सक्ने भएकाले भेन्टिलेटर, अक्सिजन तथा आइसियु लगायतका पूर्वाधार सहितको थप अस्पताल वा स्वाथ्य सेवाको व्यवस्था गर्न, परीक्षण बढाउन र नतिजा छिटो दिन सरकारलाई भनेको छ।

यस्तै होम आइसोलेसनमा भएकाहरूको स्वास्थ्यबारे अद्यावधिक जानकारी लिने, आवश्यक उपचार प्रदान गर्ने संयन्त्र, सूचना प्रणाली स्थापना गर्न र त्यस्ता संक्रमितसँग चिकित्सकले सम्पर्क वा परामर्श गरेको दैनिक अभिलेख राख्ने व्यवस्था मिलाउन पनि अदालतले भनेको छ।

संक्रमितको शव नेपाली सेनाको टिमले व्यवस्थापन गर्दै आएको छ। यसमा परिवार र आफन्तले भाग लिन पाउँदैनन्।

अदालतको आदेशपछि कोरोना संक्रमितको मृत्यु संस्कारमा परिवार र आफन्तले समेत भाग लिन पाउने भएका छन्।

प्रकाशित: Aug 25, 2020| 15:09 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।