काठमाडौं– प्रहरीले भक्तपुर र सुनसरीबाट जबरजस्ती करणी गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ।
भक्तपुर सूर्यविनायक नगरपालिका ताथलीस्थित लजमा ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका ११ बस्ने ४३ वर्षीयकुमार प्रसाद धिमाल पक्राउ परेका छन्।
२२ असारमा ती महिलालाई जबरजस्ती करणी गरी फरार भएका धिमाल आपैंm महानगरीय प्रहरी परिसर भक्तपुरको सम्पर्कमा आएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
त्यस्तै सुनसरी, रामधुनी नगरपालिका–५ झुम्का बस्ने भोक्राहा नरसिंह गाउपालिका–४ घर भएका ४६ वर्षीय मोहमद इर्साद आलमलाई पनि प्रहरीले पक्राउ गरेको छ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
मोम्हमदले २६ साउनमा मोरङ घर भएकी ती किशोरीलाई ललाई फकाई धरान उपमहानगरपालिका–१८ स्थित होटलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
जिल्ला अदालत सुनसरीबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ।
