बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चोरी र हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ

चोरी र हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ

चोरी र हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– चोरी र हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–३ का ३८ वर्षीय विशाल चौधरीलाई चटकपुरबाट प्रहरीले पक्राउ गरेको हो।

२३ असार २०७६ मा तारानगरस्थित विकास सिंहको किराना पसल लगायत विभिन्न स्थानमा चोरी गरेको घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चौधरीको डेराबाट ३१ साउनमा प्रहरीले चोरीको सामान, चोरी गर्न प्रयोग हुने विभिन्न औजार, कटुवा पेस्तोल र ३ राउन्ड गोली समेत बरामद गरेको थियो।

जिल्ला अदालत कैलालीले चोरीका २ मुद्दामा ६० हजार रुपैयाँ जरिवाना र हातहतियार खरखजना मुद्दामा पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो।

उनी भने फरार थिए। पक्राउ पछि चौधरीलाई पुर्पक्षका लागि जिल्ला कारागार कैलाली पठाइएको छ।

प्रकाशित: Aug 25, 2020| 13:54 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।