सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • वीरेन्द्रनगर : कोरोना नियन्त्रणमा ६ करोड खर्च, खानामा मात्र डेढ करोड

वीरेन्द्रनगर : कोरोना नियन्त्रणमा ६ करोड खर्च, खानामा मात्र डेढ करोड

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथाम र राहत वितरणमा अहिलेसम्म ६ करोड २४ लाख १५ हजार रुपैयाँ खर्च गरेको छ।
 |  मंगलबार, भदौ ९, २०७७
nespernesper

देव राना

देव राना

मंगलबार, भदौ ९, २०७७

vianetvianet

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथाम र राहत वितरणमा अहिलेसम्म ६ करोड २४ लाख १५ हजार रुपैयाँ खर्च गरेको छ।

triton college

सबैभन्दा धेरै बजेट क्वारेन्टिन व्यवस्थापन, खाना, राहत वितरण अन्य सामग्री खरिदमा खर्च भएको नगरपालिकाले जनाएको छ।

चैतदेखि अहिलेसम्म दुई करोड २६ लाखको राहत सामग्री वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए।

१६ वडाका २१ हजार ९ परिवार र मजदुर गरी ७४ हजार व्यक्तिलाई राहत वितरण गरिएको उनले बताए।

क्वारेन्टिनमा बसेका नागरिकको खानामा एक करोड ४८ लाख रुपैयाँ खर्च भएको छ। बिस्तरा खरिदमा २६ लाख ७७ हजार खर्च भएको छ।

National life insurance

नगरपालिकाले मध्यपश्चिमाञ्चल विश्वविद्यालय, बसपार्क, चन्द्रगंगा मावि, वीरेन्द्रनगर मावि, त्रिपुरेश्वर माविमा क्वारेन्टिन सञ्चालन गरेको थियो।

आश्रयस्थलहरुको औषधि उपचारमा ५७ लाख ५० हजार खर्च भएको छ। कर्मचारीको प्रोत्साहन खर्चमा ९० लाख ७२ हजार खर्च भएको छ।

मसलन्द खर्चमा १४ लाख ८० हजार र अन्य विविध खर्चमा २६ लाख ७२ हजार खर्च भएको ढकालले जानकारी दिए।

नगरपालिकाको रोकथाम नियन्त्रण र उपचार कोषमा सात करोड ११ लाख ५७ हजार रुपैयाँ संकलन भएको थियो। जसमा कर्णाली प्रदेश सरकारले ३० लाख रुपैयाँ उपलब्ध गराएको थियो। अब कोषमा ८७ लाख ४१ हजार रकम बाँकी छ।

प्रकाशित: Aug 25, 2020| 13:46 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।