बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मी र नागरिकमाथि अमानवीय व्यवहार बन्द गर्न नागरिक समाजको माग

स्वास्थ्यकर्मी र नागरिकमाथि अमानवीय व्यवहार बन्द गर्न नागरिक समाजको माग

नागरिक अगुवाहरूले केही क्षेत्रका स्थानीय जनसमुदायबाट स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहार र सुरक्षाकर्मीद्वारा नागरिकमाथि गरिएका गैरकानुनी कार्यको निन्दा गरेका छन्।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– नागरिक अगुवाहरूले केही क्षेत्रका स्थानीय जनसमुदायबाट स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहार र सुरक्षाकर्मीद्वारा नागरिकमाथि गरिएका गैरकानुनी कार्यको निन्दा गरेका छन्।

उनीहरूले आफ्नो र परिवारको जिउज्यान जोखिममा राखेर नागरिकको जीवन रक्षाका लागि अग्रपंक्तिमा अहोरात्र खटिँदै आएका स्वास्थ्यकर्मीमाथि भएका असामाजिक र अभद्र व्यवहार निन्दनीय रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

जबाफदेहिता निगरानी समितिका तर्फबाट मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं, चितवन, मोरङ, संखुवासभालगायत विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथि भएका अमानवीय व्यवहारप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ।’

समितिले स्वास्थ्यकर्मीलाई टोलछिमेकमा बस्न नदिने, घरछिमेकबाट हिँड्न नदिने, अभद्र व्यवहार गर्ने, हातपात गर्ने, घर सिल गर्ने धम्की दिने, प्रहरी पठाएर खेदाउने धम्की दिने जस्ता घटनाका दोषीहरुउपर कारबाही गर्न, स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गर्न र यस्ता घटना नदोहोरिने सुनिश्चित गर्न सरकारसमक्ष माग गरेको छ।

यस्तै अत्यावश्यक कामका लागि घरबाहिर निस्केका नागरिकलाई सुरक्षाकर्मीले कान समाएर उठबस गर्न लगाउने, चर्को घाममा होल्डिङ सेन्टरमा घण्टौं उभिन लगाउने, गालीगलौज गर्ने र हातपातसमेत गर्ने कार्य निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ।

यस्ता घटनामा संलग्न सुरक्षाकर्मीलाई कानुनबमोजिम कारबाही गर्न र घटना दोहोरिन नदिन समितिले सरकारसमक्ष माग गरेको छ।
विज्ञप्तिमा समितिका संयोजक चरण प्रसाई, सहसंयोजक गोविन्द बन्दी, संस्थापक संयोजक मन्दिरा शर्मा, सदस्यहरू प्रा. कपिल श्रेष्ठ, डा.गौरीशंकरलाल दास, कनकमणि दीक्षितले हस्ताक्षर गरेका छन्।

यस्तै संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नेमा डा. गोपाल सिवाकोटी, शोभाकर बुढाथोकी, सुमन अधिकारी, देवी सुनुवार, वीरेन्द्र थपलिया, दिनेश त्रिपाठी, ओमप्रकाश अर्याल, राजुप्रसाद चापागाई, सवित्री श्रेष्ठ छन्।

जनकबहादुर राउत, इन्द्रप्रसाद अर्याल, माहामुनीश्वर आचार्य, बाबुराम गिरी, राजन कुइँकेल, बिकास बस्नेत, अनिता थपलिया, भक्त विश्वकर्मा, पंकजकुमार कर्ण, बद्रीप्रसाद भुसाल, रुकमनी महर्जन, रणधीर चौधरीले पनि हस्ताक्षर गरेका छन्।

प्रकाशित: Aug 25, 2020| 12:38 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।