बिहीबार, भदौ ११, २०८३

नेकपा सचिवालय बैठक शनिबार बस्ने

सत्तारुढ दल नेकपाको सचिवालय बैठक यही भदौ १३ गते शनिबार बस्ने भएको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाको सचिवालय बैठक यही भदौ १३ गते शनिबार बस्ने भएको छ।

बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज भएको छलफलमा सचिवालय बैठक बोलाउने निर्णय भएको हो।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटाले दुई अध्यक्षबीच सचिवालय बैठक बोलाउने सहमति भएको जानकारी दिए। कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरेपछि दुई अध्यक्षबीच आज छलफल भएको हो।

उक्त प्रतिवेदनलाई सचिवालयको बैठकमा प्रस्तुत गरेर थप छलफल अगाडि बढाउने विषयमा दुवै अध्यक्षबीच कुराकानी भएको हो।

१३ भदौमा बस्ने पार्टीको सचिवालय बैठकले नै अवरुद्व रहेकोस्थायी कमिटीको बैठकको मिति तोक्ने छ। १८ साउनदेखि नेकपाको स्थायी कमिटी बैठक अवरुद्व छ।

 

प्रकाशित: Aug 25, 2020| 12:29 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।