बिहीबार, भदौ ११, २०८३

कोरोनाबाट काठमाडौंका कांग्रेस नेताको मृत्यु

काेरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका एक नेताको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा नं२१ कार्यसमिति सभापति गोविन्द रञ्जितको सोमबार राति मृत्यु भएको हो ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका एक नेताको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं२१ कार्यसमिति सभापति गोविन्द रञ्जितको सोमबार राति मृत्यु भएको हो ।

उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्तालमा उपचार हुँदै आएको थियो । १३ दिन अघिदेखि ज्वरो र खोकीको समस्या सुरु भएका  रञ्जित आइतबार अस्पताल भर्ना भएका थिए।

निकै गाह्रो भएपछि अस्पताल पुगेका उनलाई भेन्टिलेटर राखेर उपचार हुँदै गरेको अवस्थामा सोमबार राति निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

उनको निधनको काँग्रेस काठमाडौं– २ नम्बर का क्षेत्रीय सभापति उपेन्द्र कार्कीले पनि पुष्टि गरेका छन्।

प्रकाशित: Aug 25, 2020| 12:18 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।