काठमाडौं– सत्तारुढ नेकपा दुई अध्यक्षबीचको छलफल सकिएको छ।
प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल भर्खरै सकिएको जानकारी दिए।
दुई अध्यक्षबीच पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल भएको थियो।
दुई अध्यक्षबीच के विषयमा छलफल भयो भन्ने बाहिर आइसकेको छैन। कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि कार्यान्वयनका विषयमा छलफल भएको बुझिएको छ। कार्यदलले शनिबार प्रतिवेदन बुझाएको थियो।
स्रोतका अनुसार दुई अध्यक्षले पार्टीको सचिवालय बैठक र स्थायी कमिटीको बैठक बोलाउने विषयमा कुराकानी गरेका छन्। यद्यपि बैठक कहिले बोलाउने भन्ने टुंगो लागिसकेको छैन।
