बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निषेधाज्ञाबारे थप निर्णय गर्न उपत्यकाका तीन जिल्लाका सीडीओको संयुक्त बैठक बस्दै

निषेधाज्ञाबारे थप निर्णय गर्न उपत्यकाका तीन जिल्लाका सीडीओको संयुक्त बैठक बस्दै

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक मंगलबार बस्दै छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक मंगलबार बस्दै छ।

भदौ ३ गते मध्यरातदेखि लगाइएको निषेधाज्ञा बुधबार राति सकिने भएपछि थप रणनीति बनाउन बैठक बस्न लागेको हो।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले अपराह्न ४ बजे संयुक्त बैठक बस्न लागेको जानकारी दिइन्।

‘निषेधज्ञा गरिएपछिको अवस्था समीक्षा गर्न बैठक बस्न लागेको हो’, उनले भनिन्, ‘निषेधाज्ञा बढाउने वा के गर्ने भन्ने निर्णय हुन्छ।’

गत बुधबार मध्यरातिदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाउँदै निषेधाज्ञा जारी गरिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार मंगलबार बस्ने बैठकले निषेधाज्ञा थप गर्ने वा के गर्ने भन्ने निर्णय हुनेछ।

उनले सोमबार नेपाल समयसँगको कुराकानीमा विज्ञहरुसँगको परामर्श र जारी निषेधाज्ञाको समिक्षा गरेर आवश्यक निर्णय गरिने बताएका थिए।
तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकअघि उनीहरुले उपत्यकाका मेयरहरूसँग छलफल गर्दै छन्।

उपत्यकामा कोरोना भाइरस संक्रमण जोखिम बढ्दै गएकाले केही दिन अझै निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने सुझाव विज्ञहरुले दिँदै आएका छन्।
उपत्यकामा स्थानीय तहरुले दिने अत्यावश्यकबाहेकका सबै सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय सोमबार मेयरहरुको बैठकले गरेको थियो।
काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण दर निकै बढेको छ। सोमबारसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या ३ हजार ४६६ पुगेको छ। यीमध्ये काठमाडौंका २ हजार ६६७, ललितपुरका ४५७ जना र भक्तपुरका २६४ जना छन्।

प्रकाशित: Aug 25, 2020| 11:55 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।