बिहीबार, भदौ ११, २०८३

एउटै वडाका थप ६ जनामा कोरोना पुष्टि

तनहुँको भानु नगरपालिकाको एउटै वडामा मंगलबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

तनहुँ- तनहुँको भानु नगरपालिकाको एउटै वडामा मंगलबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भानु नगरपालिका–१ मा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। तीमध्ये चार महिला र दुई पुरूष छन्।

उक्त वडाका ४६ र ६३ वर्षीय पुरूष तथा ४५, ५२, १७ र २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

थपिएका सबै समुदायका व्यक्ति हुन्। तनहुँमा हालसम्म भानु नगरपालिकामा सबभन्दा बढी समुदायका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

भानु नगरपालिका–१ का ३४ वर्षीय एक पुरूषमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङबाट सोही वडाका २० जनामा संक्रमण पुष्टि भएको थियो। त्यसपछि प्रहरी, इन्जिनियर र वडाध्यक्षलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो।

आज थपिएका कोरोना संक्रमित सुरूमा पहिचान भएकाहरूकै नजिकका व्यक्ति रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए।

कन्ट्याक्ट ट्रेसिङबाट १ सय २७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

भानु नगरपालिकामा समुदायका व्यक्तिमा कोरोना फैलिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको छ। -रासस

प्रकाशित: Aug 25, 2020| 11:40 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।