बिहीबार, भदौ ११, २०८३

अस्पतालले शल्यक्रिया गर्न नमान्दा बिरामीको मृत्यु

लडेर गम्भीर घाइते भएका एक पुरुषको कोरोनाको बाहानामा उपचार नहुँदा मृत्यु भएको छ ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

बुटवल- लडेर गम्भीर घाइते भएका एक पुरुषको कोरोनाको बहानामा उपचार नहुँदा मृत्यु भएको छ ।

घरको छतबाट लडेर घाइते भएका रुपन्देही गैडहवा गाउँपालिका- ३ का ५५ वर्षीय पुरुषमा कोरोना संक्रमण पनि देखिएको थियो । कोरोना देखिएपछि अस्पतालले थप उपचार नगर्दा उनको मृत्यु भएको आफन्तको दाबी छ ।

लडेर घाइते भएपछि उनी युनिभर्सल मेडिकल कलेजमा भर्ना भएका थिए । जमेको रगत निकाल्न टाउकोको शल्यक्रिया गर्नुअघि उनको पीसीआर टेस्ट गरिएको थियो ।

पीसीआरमा कोरोना पोजिटिभ देखिएपछि उपचार गर्नुको साटो उनलाई त्यहाँबाट अन्यत्र लैजान युनिभर्सल मेडिकल कलेजले दबाब दिएको थियो । दबाबपछि उनलाई भीम अस्पतालमा भर्ना गरिएको परिवारका सदस्यले बताएका छन् ।

उनको भीम अस्पतालमा टाउकोको शल्यक्रिया नहुँदा मृत्यु भएको आफन्तले बताएका छन् । कोरोनाको बहानामा अन्य उपचार नगरिएकै कारण ज्यान गुमाउनु परेको भन्दै आफन्तले आक्रोश व्यक्त गरेका छन् ।

प्रकाशित: Aug 25, 2020| 10:23 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।