बिहीबार, भदौ ११, २०८३

ओली–दाहाल छलफलमा जुट्दै

सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार भेटवार्ता हुँदै छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार भेटवार्ता हुँदै छ।

पार्टी विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनउपर छलफल गर्न दुई अध्यक्षबीच छलफल हुन लागेको हो।

प्रधानमन्त्री निवासमा हुने भनिएको भेटवार्ताको समय भने तय भइनसकेको दाहाल निकट स्रोतले बतायो। यसअघि सोमबारका लागि हुने भनिएको छलफल दुवै अध्यक्षले प्रतिवेदन अध्ययन गर्न भन्दै स्थगित गरेका थिए।

३० साउनमा दुवै अध्यक्षले महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए। कार्यदलले विभिन्न सुझावहरुसहित ६ भदौमा प्रतिवेदन बुझाएको थियो।

कार्यदलले बुझाएको प्रतिवेदनमा दुईअध्यक्षबीच सहमति भए सचिवालयबाट अनुमोदन गर्ने तयारी छ। त्यसपछि उक्त प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल हुनेछ।

प्रकाशित: Aug 25, 2020| 09:43 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।