बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट २४ घण्टामा कुन देशमा संक्रमित र मृत्यु कति ?

कोरोनाबाट २४ घण्टामा कुन देशमा संक्रमित र मृत्यु कति ?

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ११ हजार ४ सय ८४ जना संक्रमित भएका छन् । कोरोनाकै कारण २४ घण्टामा ४ हजार ३ सय ११ जनाको मृत्यु भएको छ ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं-विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ११ हजार ४ सय ८४ जना संक्रमित भएका छन् । कोरोनाकै कारण २४ घण्टामा ४ हजार ३ सय ११ जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै संक्रमित र मृतक भारतमा थपिएका छन् । सोमबार एकै दिनमा ५९ हजार ६ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ भने ८ सय ५४ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा ४० हजार ५ सय ७६ जना संक्रमित थपिदा ४ सय ९३ जनाको मृत्यु भएको छ । ब्राजिलमा थप २१ हजार ४ सय ३४ जनामा संक्रमण पुष्टि हुँदा ६ सय ७९ जनाको मृत्यु भएको छ ।

यस्तै कोलम्बियामा १० हजार ५ सय ५९ जना संक्रमित थपिदा २ सय ९६ जनाको मृत्यु भएको छ । पेरुमा थप ६ हजार १ सय १२ जनामा संक्रमण पुष्टि हुँदा १ सय ५० जनाको मृत्यु भएको छ ।

रुसमा ४ हजार ७ सय ४४ जना संक्रमित थपिदा ६५ जनाको मृत्यु भएको छ भने मेक्सिकोमा ३ हजार ९ सय ४८ जनामा संक्रमण पुष्टि हुँदा २ सय २६ जनाको मृत्यु भएको छ ।

नेपालमा भने थप ७ सय ४३ जनामा संक्रमण पुष्टि हुँदा ८ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ३२ हजार ६ सय ७८ जना संक्रमित भएका छन् भने १ सय ५७ जनाको मृत्यु भएको छ ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म कोरोनाबाट विश्वभर २ करोड ३५ लाख ७२ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ लाख ११ हजार ८ सय १ जनाको मृत्यु भएको छ।

प्रकाशित: Aug 25, 2020| 08:48 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।