बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितलाई अर्को अस्पतालमा रिफर गर्न नपाइने

कोरोना संक्रमितलाई अर्को अस्पतालमा रिफर गर्न नपाइने

कोरोना संक्रमण पहिचान भएकै अस्पतालमा बिरामीको उपचार गर्नुपर्ने भएको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं- कोरोना संक्रमण पहिचान भएकै अस्पतालमा बिरामीको उपचार गर्नुपर्ने भएको छ।

जुन अस्पतालमा कोरोना संक्रमितको पहिचान भएको हो, सोही अस्पतालमा उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि अन्य अस्पतालमा रिफर गर्दा संक्रमितले समयमै उपचार गर्न नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आएपछि मन्त्रालयले यस्तो नियम लागू गरेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार यो नियम सरकारी तथा निजी दुवैखाले अस्पतालमा लागू हुनेछ।

यसअघि सरकारले कोरोना संक्रमितका लागि निश्चित अस्पताल तोकेको थियो। अन्य अस्पतालमा संक्रमित पहिचान भए तिनै अस्पतालमा पठाउने गरिन्थ्यो। संक्रमित बढ्दै जाँदा अब यसअघि तोकिएका अस्पतालले मात्रै सेवा दिन नसक्ने भएकाले अब सबै अस्पतालमा उपचार हुने व्यवस्था सरकारले गरेको हो।

कोरोना संक्रमण भए पनि सबैले अस्पतालमा भर्ना भने पाउने छैनन्। लक्षण देखिएका संक्रमितलाई मात्रै अस्पताल भर्ना गर्ने र अरुलाई आइसोलेसन सेन्टर वा होम आइसोलेसनमा राख्ने नीति सरकारले लिएको छ।

गम्भीर बिरामीले बेड नपाउने तर लक्षण नभएका बिरामीले बेड ओगट्दा समस्या देखिएको तर्क स्वास्थ्य मन्त्रालयको छ।

 

प्रकाशित: Aug 25, 2020| 08:31 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।