बिहीबार, भदौ ११, २०८३

शेर्पा सङ्घ युकेका अध्यक्षको कोरोनाबाट निधन

शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ ।

भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए । 

गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो ।

एक साताअघि कोरोना परीक्षण गर्दा सङ्क्रमण मुक्त भएको भनिए पनि उनको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन ।

भूतपूर्व गोर्खा सैनिक रहनुभएका शेर्पा आफ्ना तीन छोरा र श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आएका थिए । उनका बुबाआमा भने नेपालमै छन् । -रासस

प्रकाशित: Aug 25, 2020| 08:02 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।