चितवन- भरतपुर महानगरपालिकाका ९ सहित चितवनमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १५, मकवानपुरका एक र पूर्वी नवलपरासीको गैँडाकोटका एक जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितमध्ये भरतपुर महानगरपालिकाका मात्रै ९ जना छन्। उनीहरुमध्ये २ जना पुरुष र ७ जना महिला रहेको प्रयोगशालाकी प्रमुख डा नितु अधिकारीले जानकारी दिइन्। छन्।
यस्तै रत्ननगर–५ का ३६ वर्षीय पुरुष र १० की २८ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ।
त्यसैगरी राप्ती नगरपालिका–२ र ८ का ५८ र ४३ वर्षीय दुई पुरुष, २५ र ५१ वर्षीया दुई महिलामा पनि संक्रमण पुष्टि भएको छ।
योसँगै चितवनमा कोरोना संक्रमितको संख्या ३ सय ८३ पुगेको छ।
यसैगरि पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडाकाकी ३८ वर्षीया महिला र पूर्वी नवलपरासीको गैँडाकोटकी ५२ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
