बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा कोरोनाबाट १७ को मृत्यु, मोरङका मात्रै १३ जना

प्रदेश १ मा कोरोनाबाट १७ को मृत्यु, मोरङका मात्रै १३ जना

प्रदेश नम्वर १ मा कोरोना भाइरसको संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । मोरङ जिल्लामा मात्रै १३ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

विराटनगर- प्रदेश नम्वर १ मा कोरोना भाइरसको संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।

जसमा सबैभन्दा धेरै मोरङ जिल्लामा मृत्यु भएको छ । जहाँ अहिलेसम्म १३ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरका १०, धरानका ३, बुढीगंगाका २, रंगेली र सुनबर्षीका १/१ जनाको मृत्यु भएको हो ।

साउन १ गते देखि प्रदेशमा कोरोना कारण मृत्यु हुनेको सख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण सुनसरीको धरान र विराटनगरमा १/१ पुरुषको मृत्यु भएको छ ।

प्रदेश १ मा हालसम्म १ हजार ५ सय ५० जनामा संक्रमण पुष्टि भएको छ भने ७८ हजार ७ सय २ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित: Aug 25, 2020| 06:27 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।