बिहीबार, भदौ ११, २०८३

हङकङमा भेटियो कोरोना पुनः संक्रमणको पहिलो केस

हङकङमा कोरोना भाइरस संक्रमण भएर स्वस्थ भएका एक व्यक्तिमा पुनः संक्रमण भएको पाइएको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

हङकङ- हङकङमा कोरोना भाइरस संक्रमण भएर स्वस्थ भएका एक व्यक्तिमा पुनः संक्रमण भएको पाइएको छ।

३० वर्षीय एक युवामा पहिलो संक्रमण भएको साढे ४ महिनापछि दोस्रो पटक संक्रमण भएको पाइएको हो।

ती संक्रमित १४ दिन अस्पतालमा रहेर कोरोनामुक्त भएका थिए। दोस्रो पटक कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो। उनमा कोरोनाको कुनै लक्षण देखिएको छैन।

बीबीसीका अनुसार कोरोना पुनः संक्रमणको यो विश्वमै पहिलो प्रमाणित केस हो।

विश्‍व स्वास्थ्य संगठनले भने एउटा केसलाई लिएर कुनै निष्कर्षमा पुग्‍न नसकिने बताएको छ।

पुनः संक्रमण विरलै हुन सक्ने र गम्भीर नहुने वैज्ञानिकहरुले बताएका छन्। यो घटनाले कोरोनाविरुद्धको भ्याक्सिनको आवश्यकता भने अझै बढाएको उनीहरुको भनाइ छ।

 

प्रकाशित: Aug 25, 2020| 06:20 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।