बिहीबार, भदौ ११, २०८३

बागमतीमा कोरोना निको हुने दर जम्मा १६.१ प्रतिशत

बागमती प्रदेशमा सोमबारसम्म ७७५ जना कोरोना भाइरसबाट मुक्त भएका छन्।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं- बागमती प्रदेशमा सोमबारसम्म ७७५ जना कोरोना भाइरसबाट मुक्त भएका छन्।

प्रदेशमा कुल संक्रमितको १६.१ प्रतिशत हो। प्रदेशमा सोमबारसम्म चार हजार ८१५ जना संक्रमित भएका छन्।

तीमध्ये चार हजार ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने कोरोना भाइरस संक्रमणबाट ३२ जनाको निधन भएको छ।

बागमती प्रदेशमा सोमबार थप २७३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। थप संक्रमितमा काठमाडौंमा १७७, ललितपुरमा ३३, चितवनमा ३२, भक्तपुरमा १४ रहेको प्रदेशको सामाजिका विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काभ्रे र सिन्धुपाल्चोकमा पाँच पाँच, मकवानपुर, रामेछाप र धादिङमा दुई दुई तथा दोलखामा थप एक जनामा कोरोना भाइरस संक्रमण भएको छ।

अहिलेसम्म काठमाडौंमा सबैभन्दा बढी दुई हजार ७५८ जनामा कोरोना संक्रमण भएको छ।

ललितपुर, चितवन र मकवानपुरमा क्रमशः ४४३, ३७३ र ३११ जना संक्रमित भएका छन्।

भक्तपुरमा २८५, धादिङमा १७५, काभ्रेमा १२१ जनामा संक्रमण भएको छ।

यस्तै सिन्धुपाल्चोकमा ९४, नुवाकोटमा ७७, सिन्धुलीमा ६४, रामेछापमा ५८, दोलखामा ४१ र रसुवामा १५ जनामा संक्रमण भएको छ।

 

प्रकाशित: Aug 24, 2020| 20:51 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।