बिहीबार, भदौ ११, २०८३

एकै घरका ८ सहित १४ मा कोरोना संक्रमण

दाङमा एकै परिवारका आठसहित १४ मा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

दाङ- दाङमा एकै परिवारका आठसहित १४ मा कोरोना संक्रमण पुष्टि भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ का एकै परिवारका आठसहित ९, शान्तिनगर–३ का १ जना र शान्तिनगर–५ का एकमा कारोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिए।

संक्रमित हुनेमा ५ वर्षीय बालकदेखि ४२ वर्ष उमेर समूहका रहेका छन्। शान्तिनगरका सङक्रमित सबै यही भदौ २ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका उनले बताए।

संक्रमित ११ जनालाई बेलझुण्डीको कोरोना विषेश अस्पताल लगिएको छ। क्वारेन्टिनमा बसेका ४० को स्वाब परीक्षण गर्दा ११ मा संक्रमण भेटीएको हो। शान्तिनगरमा अहिले १२ सक्रिय संक्रमित छन्। रासस

प्रकाशित: Aug 24, 2020| 20:11 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।