बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संक्रमितको सम्मान गर : बार

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संक्रमितको सम्मान गर : बार

नेपाल बार एशोसिएशनले महामारीको समयमा अग्रपङ्तीमा रही काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संक्रमित बिरामीलगायत सबैप्रति सम्मान गर्न आग्रह गरेको छ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं- नेपाल बार एशोसिएशनले महामारीको समयमा अग्रपङ्तीमा रही काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संक्रमित बिरामीलगायत सबैप्रति सम्मान गर्न आग्रह गरेको छ।

महासचिव लीलामणि पौडेलले आज (सोमबार) जारी गरेको प्रेस विज्ञप्तिमा दिनरात नभनेर, भोकै, अनिदै संक्रमण नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संक्रमित बिरामीलगायत सबैप्रति आदरभाव राखी मनोबल उच्च गराउनेतर्फ अग्रसर हुन आग्रह गरिएको छ।

बारले गलत अनूचित गतिविधिमा संलग्नउपर कारबाही गर्न र संविधानले प्रदान गरेको नागरिकको स्वास्थ्यसम्बन्धी हकको निर्वाध प्रचलन गराउने व्यवस्था मिलाउन सरकार र सम्बन्धित निकायसँग माग गरेको छ।

पछिल्ला केही हप्तामा नेपालमा कोभिड–१९ को संक्रमणको संख्या बढ्दै गएको छ। चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी आफ्नो घर, परिवार, भोक, चिन्ता सबै बिर्सेर आमनागरिकलाई कसरी जोगाउन सकिन्छ भनि पर्याप्त सुविधाको अभावमा पनि अहोरात्र कार्यक्षेत्रमा खटिइआएका छन्।

उनीहरुको कामप्रतिको समर्पण भाव र जिम्मेवारीप्रति बारले आभार व्यक्त गरेको छ।

कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत कोही पनि पेशा व्यवसाय गर्ने व्क्ति अछुतो रहन सकेका छैनन्। संक्रमणबाट बिरामी परेका र संक्रमण मात्र देखिएका व्यक्तिको आत्मबल बढाउने खालका गतिविधि गर्नु सबैको कर्तव्य हुनुपर्नेमा कतिपय ठाउँमा संक्रमण र संक्रमणबाट निको भइसकेका व्यक्तिलाई समेत समाजले राम्रो व्यवहार नगरेको भनि पढ्न र देख्नुु दुखदायी कुरा भएको बारले जनाएको छ।

अझ त्यसमा पनि हालै काठमाडौं, चितवन, मोरङ, संखुवासभा, जाजरकोटलगायतका जिल्लामा स्वास्थ्यकर्मी, चिकित्सक, स्वास्थ्य संस्था, आइसोलेशन वार्ड लगायतमा भएका असामाजिक, अभद्र व्यवहारबाट अत्यन्त लज्जा र पीडा बोध गराएको बारले जनाएको छ। रासस

प्रकाशित: Aug 24, 2020| 19:55 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।