बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकाका स्थानीय तहमा भदौ १५ सम्म अत्यावश्यक बाहेकका सेवा बन्द

उपत्यकाका स्थानीय तहमा भदौ १५ सम्म अत्यावश्यक बाहेकका सेवा बन्द

उपत्यकामा स्थानीय तहरुले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको छ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं- उपत्यकामा स्थानीय तहरुले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको छ।

उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले काठमाडौं उपत्यकामा कोभिड-१९ संक्रमणको अवस्था अझै कम नभएकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने यसअघिको निर्णयलाई भदौ १५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

यसअघि साउन २६ गतेको बैठकले भदौ ९ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो।

संक्रमणको दर अझै पनि कम नभएकाले अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको श्रेष्ठले बताए।

यस्तै बैठकले निषेधाज्ञा पनि भदौ १५ गतेसम्म कायम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णयसमेत गरेको छ।

*शीर्षक सच्चाइएकाे 

प्रकाशित: Aug 24, 2020| 18:35 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।