बिहीबार, भदौ ११, २०८३

नेपालमा कोरोना निको हुने दर घट्यो

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड–१९) को स‌ंक्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ।

विश्वको तुलनामा नेपालमा स‌ंक्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम छ।

अहिले नेपालमा निको हुने दर ५८.३ प्रतिशत रहेको छ भने विश्वमा ६८.१ प्रतिशत छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा विश्वको तुलनामा नेपालमा स‌ंक्रमणबाट निको हुने दर ९.८ प्रतिशतले कम छ। सरकारी अधिकारी भने तथ्यांकभन्दा बढी नै निको भएको दाबी गर्छन्।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तथ्यांकअनुसार नेपालमा विश्वको तुलनामा संक्रमण हुने दर कम भए पनि वास्तविक त्यसो नभएको बताए।

उनले पछिल्लो समय रिपोर्टिङ गर्ने कम भइरहेकाले निको हुने दर तथ्यांकमा कम देखिएको बताए।

“हामीले सबै ठाउँबाट तथ्यांक सङ्कलन गर्न सकेका छैनौ”, उनले भने, “स‌ंक्रमित दैनिक निको हुनेको संख्या बढी भए पनि सङ्कलनमा समस्या भएकाले निको हुनेको कम तथ्यांक आएको हो।”

उनले सबै ठाउँबाट तथ्यांक आइसकेपछि निको हुने दर बढी देखिने बताए।

विश्वमा अहिले दुई करोड ३४ लाख ९०० जना स‌ंक्रमित भएका छन् भने एक करोड ५९ लाख ३५ हजार ४७३ जना निको भएर घर फर्किसकेका छन्।

जुन निको हुनेको संख्या ६८‍.१ प्रतिशत हो। विश्वमा अहिलेसम्म आठ लाख नौ हजार ९८६ जनाको कोभिड–१९ स‌ंक्रमणबाट मृत्यु भइसकेको छ। जुन मृत्युदर ३.५ प्रतिशत हो।

नेपालमा ६ लाख ४४४ जनामा पीसीआर परीक्षण गर्दा ३१ हजार ९३५ जनामा स‌ंक्रमण देखिएको छ।

सोमध्ये १८ हजार ६३१ जना स‌ंक्रमणमुक्त भइ घर फर्किसकेका छन्। जुन ५८.३ प्रतिशत हो।

नेपालमा अहिलेसम्म १४९ जनाको स‌ंक्रमणबाट ज्यान गइसकेको छ। ११ हजार ४१४ जना क्वारेन्टिन र १३ हजार १५५ जना आइसोलेसनमा रहेका छन्

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले सबै तथ्यांक सङ्कलन गर्न नसकेकाले निको हुने दरको सङ्ख्यामा कमी देखिएको बताए।

“हामीले सबै स‌ंक्रमितलाई अस्पतालमा भर्ना गरेका छैनौँ, कति होम आइसोलेसनमा पनि बसेर निको भएका छन्, कतिको निको भएपछि पनि पिसिआर परीक्षण भएको छैनन्”, उनले भने, “सबैको तथ्यांक हामीसँग आउदैन, त्यसैले तथ्यांकमा निको हुनेको संख्या कमि देखिएको हो, धेरै नै निको भएका छन्, तर वास्तविक त्यस्तो होइन।” उनका अनुसार करिव ८० देखि ९० प्रतिशत स‌ंक्रमित निको भएर घर फर्किसकेका छन्।

सरकारले गत चैत ११ गतेदेखि जारी गरेको बन्दाबन्दी साउन ७ गतेदेखि खुला गरेको थियो। पुनः स‌ंक्रमित बढ्दै गएपछि अहिले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। काठमाडौँ उपत्यकामा यही भदौ ४ गतदेखि १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ।

ठिक एक महिना पहिला गत साउन ७ गते स‌ंक्रमणमुक्त भएर जाने ७०.१ प्रतिशत रहेको थियो। एक महिनाको बीचमा निको हुने दर पनि ११‍.२ प्रतिशतले कमी आएको छ।

भदौ ६ गते १३६ जना निको भएर घर जाँदा निको प्रतिशत ५८.९ प्रतिशत, भदौ ५ गते २५० जना निको भएर घर जाँदा निको प्रतिशत ५९.८ प्रतिशत थियो।

यस्तै यही भदौ ३ गते १२० जना निको भएर घर जाँदा ६१.२ प्रतिशत, भदौ २ गते ८५ जना निको भएर घर जाँदा ६२.२ प्रतिशत र भदौ १ गते १६० जना निको भएर घर जाँदा ६४.२ प्रतिशत रहेको थियो। -रासस

प्रकाशित: Aug 24, 2020| 17:42 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।