बिहीबार, भदौ ११, २०८३

साढे ६ किलो अफिमसहित दुई पक्राउ

प्रतिबन्धित लागूपदार्थ अफिमसहित दुई जना पक्राउ परेका छन्।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं– प्रतिबन्धित लागूपदार्थ अफिमसहित दुई जना पक्राउ परेका छन्।

उनीहरूलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका लोलाङ हाइटबाट साढे ६ किलाेग्राम अफिमसहित पक्राउ गरेको हो।

महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–१ जाजरकोटका २२ वर्षीय दिलीप विश्वकर्मा र दोलखा भीमेश्वर नगरपालिका–६ की १८ वर्षीय प्रमिला राउत छन्।

उनीहरूले प्रहरीलाई बरामद अफिम जाजरकोटबाटै प्रतिकेजी एक लाख ५० हजारका दरले किनेर ल्याएको बयान दिएका छन्।

काठमाडौंमा ल्याएर आठ लाख प्रतिकिलोका दरले अफिम बिक्री गर्न लागिएको अवस्थामा पक्राउ गरिएको थापाले जानकारी दिए।

पक्राउ परेका विक मुख्य अभियुक्त रहेको र उनले कारोबारमा शंका हुने देखेर बच्न राउतलाई साथमा लिएको आशंका प्रहरीले गरेको छ।

राउतले विकलाई आफूले दाइ मानेर तिहारमा टीका लगाइदिने गरेको बताएकी छन्। प्रहरीले अफिम खरिद गर्न आउने गिरोहको खोजी भइरहेको जनाएको छ।

प्रकाशित: Aug 24, 2020| 17:30 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।