बिहीबार, भदौ ११, २०८३

धरानमा सिरहाका २२ वर्षीय कोरोना संक्रमितको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार सिरहाको गोविन्दपुरका एक कोरोना संक्रमितको मृत्युु भएको छ ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

विराटनगर– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार सिरहाको गोविन्दपुरका एक कोरोना संक्रमितको मृत्युु भएको छ ।

२२ वर्षीय युवाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

भदौ २ गते प्रतिष्ठानमा भर्ना गरिएका उनलाई कोरोना देखिएपछि कोभिड अस्पतालमा रेफर गरिएको थियो । श्वासप्रश्वासमा समस्या देखिन थालेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा दिउँसो ३ बजे मृत्युु भएको प्रवक्ता डा. सापकोटाले बताए ।

प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । यीमध्ये प्रदेश १ का १७ र प्रदेश २ का ५ जना रहेका छन् ।

 

प्रकाशित: Aug 24, 2020| 17:19 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।