बिहीबार, भदौ ११, २०८३

पाँच लाखभन्दा बढी निजी आवास पुनर्निर्माण

भूकम्पबाट ध्वस्त भएका पाँच लाखभन्दा बढी निजी आवास पुनर्निर्माण भएका छन्।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं- भूकम्पबाट ध्वस्त भएका पाँच लाखभन्दा बढी निजी आवास पुनर्निर्माण भएका छन्।

काठमाडौंमा सोमबार सुरु भएको राष्ट्रिय परिसंवाद कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यस्तो जानकारी दिएका हुन्।

उनले ९० प्रतिशतभन्दा बढी लाभग्राही पुनर्निर्माण प्रक्रियामा प्रवेश गरिसकेको बताए। उनले भने, ‘सात लाख ९० हजार लाभग्राहीले अनुदान सम्झौता गरेकोमा ६ लाख ३ हजार अर्थात् ७६ प्रतिशत लाभग्राहीले अनुदानको तेस्रो किस्ता लिइसकेका छन्।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको राष्ट्रिय परिसंवादमा ज्ञवालीले पाँच वर्षमा निजी आवास, शैक्षिक संस्था लगायतको पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए।

उनले प्राधिकरण अनुभव र सिकाईहरुको अभिलेखीकरणको प्रक्रियामा रहेको जानकारी दिए।

प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले परिसंवाद कार्यक्रम पुनर्निर्माण र पुनर्स्थापनाका क्रममा भएका कामहरुको बारेमा व्यवस्थित छलफल गर्ने अवसर हुने विश्वास व्यक्त गरे।

भर्चुअलका माध्यमबाट आयोजित परिसंवादको पहिलो दिन निजी आवास पुनर्निर्माणका विभिन्न आयाम समेटिएका १५ वटा कार्यपत्रहरु प्रस्तुत भएका छन्।

कार्यक्रम भदौ ११ गतेसम्म चल्नेछ।

प्रकाशित: Aug 24, 2020| 17:19 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।