बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोभिड उपचारका लागि तोकिएका तीन तहका अस्पताल संरचना खारेज

कोभिड उपचारका लागि तोकिएका तीन तहका अस्पताल संरचना खारेज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड उपचारका लागि तय गरेको तीन तहको अस्पताल संरचना खारेज गरेको छ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड उपचारका लागि तय गरेको तीन तहको अस्पताल संरचना खारेज गरेको छ।

अब सबै अस्पतालले कोभिड–१९ को बिरामी उपचार गर्ने व्यवस्था मिलाइएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म कार्यान्वयनमा रहेको कोभिड अस्पतालको लेभल एक, लेभल दुई र लेभल तीन खारेज गरिएको जानकारी दिए।

मन्त्रालयले यसअघि गरेको व्यवस्थाअनुसार देशभर लेभल तीनका २३ वटा, लेभल दुईका १८ वटा र लेभल एकका सात अस्पताल थिए।

यसअघि लेभल एक, दुई र तीन भनेर सूचीकृत अस्पताल सबैले समान रुपमा कोभिडका बिरामी भर्ना लिएर उपचार गर्नुपर्ने डा. गौतमले जनाकारी दिए।

अबदेखि जुनसुकै अस्पतालमा भर्ना भएका कोभिडका बिरामीको आवश्यकता र अवस्था हेरेर मात्रै रेफिर गर्न सकिने प्रवक्ता गौतमले जानकारी दिए।

प्रकाशित: Aug 24, 2020| 17:09 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।