बिहीबार, भदौ ११, २०८३

२५ जिल्लामा थपिएनन् संक्रमित

पछिल्लो २४ घण्टामा मुलुकका २५ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएनन्।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका २५ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएनन्। यस्तै दुई जिल्ला कोरोनामुक्त भएका छन्। सात जिल्लामा पाँच सयभन्दा सक्रिय संक्रमित छन्।

सोमबार भोजपुर, पाँचथर, सोलुखुम्बु, ताप्लेजुङ र तेह्रथुममा संक्रमित थपिएका छैनन्। यस्तै महोत्तरी, सिन्धुली, नुवाकोट, रसुवा, लमजुङ र मनाङमा पनि संक्रमण नथपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

मन्त्रालयका अनुसार मुस्ताङ, पर्वत, दाङ, प्यूठान, पूर्वी रुकुम, सल्यान र डोल्पामा पनि आज संक्रमित थपिएका छैनन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमित नथपिएका अन्य जिल्लामा हुम्ला, जुम्ला, मुगु, दैलेख, अछाम, डोटी र बझाङ छन्।

सोमबार सात जिल्लामा ५०० भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित छन्।

काठमाडौं, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र बारामा सक्रिय संक्रमितको संख्या सबैभन्दा बढी छ।

त्यस्तै आज दुई जिल्लामा कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ। मन्त्रालयका अनुसार हुम्ला र मुस्ताङमा सक्रिय संक्रमित छैनन्।

प्रकाशित: Aug 24, 2020| 16:54 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।