बिहीबार, भदौ ११, २०८३

काठमाडौंमा मात्रै १७७ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज सोमबार २२४ जना कोरोना संक्रमित थपिएका छन्।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा आज सोमबार २२४ जना कोरोना संक्रमित थपिएका छन्।

उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १७७ जना, ललितपुरका ३३ जना र भक्तपुरका १४ जनामा संक्रमण पुष्टि भएको हो।

केही दिनयता काठमाडौं उपत्यकामा दैनिक सयभन्दा बढी संक्रमित थपिइरहेका छन्।

हिजो आइतबार काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जनामा संक्रमण पुष्टि भएको थियो।

शनिबार काठमाडौंका १६० जना, ललितपुरका ६ जना र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको थियो।

त्यसैगरी शुक्रबार काठमाडौंका १४२ जना, ललितपुरका २५ जना र भक्तपुरका १५ जना गरी १८२ जनामा संक्रमण पुष्टि भएको थियो।

बिहीबार काठमाडौंका १७४ जना, ललितपुरका १८ जना र भक्तपुरका ८ जना गरी २०० जना संक्रमित थपिएका थिए।

बुधबार काठमाडौंका १३४ जना, ललितपुरका १७ जना र भक्तपुरका ८ जनामा संक्रमण पुष्टि भएको थियो।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या ३ हजार ४६६ पुगेको छ। यीमध्ये काठमाडौंका २ हजार ६६७, ललितपुरका ४५७ जना र भक्तपुरका २६४ जना छन्।

प्रकाशित: Aug 24, 2020| 16:19 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।