शुक्रबार, भदौ १२, २०८३

कर्णालीमा थप ५१ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो पटक थपिएकामा सबैभन्दा धेरै रुकुम पश्चिमका १८ जना छन् भने जाजरकोटका १५ जना छन्।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं- कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो पटक थपिएकामा सबैभन्दा धेरै रुकुम पश्चिमका १८ जना छन् भने जाजरकोटका १५ जना छन्।

चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुमको मुसिकोट नगरपालिकाका १५ जना र सानीभेरी गाउँपालिकाका ३ जना छन्।

त्यस्तै चौरजहारीमै गरिएको परीक्षणमा जाजरकोटको भेरी नगरपालिकाका १५ जनामा कोरोना पुष्टि भएको छ।

सोही प्रयोगशालामा बर्दिया, डडेल्धुरा, धादिङ र उदयपुरका १–१ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालिकोटका ३ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्र सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत, कन्चनपुर र चितवनका २–२ जनामा कोरोना पुष्टि भएको छ भने बर्दिया, सल्यान, कैलाली, सर्लाही र रुपन्देहीका १–१ जनामा कोरोना पुष्टि भएको छ।

योसहित कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २ हजार २९५ पुगेको छ।

No photo description available.

No photo description available.

प्रकाशित: Aug 24, 2020| 16:12 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।