बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुग्यो, २७ सय संक्रमित

प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुग्यो, २७ सय संक्रमित

प्रदेश १ मा सोमबार सम्म १७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

विराटनगर– प्रदेश १ मा सोमबार सम्म १७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ ।

सुनसरीको धरान र विराटनगरमा १–१ पुरुषको मृत्यु भएको हो । विराटनगरका १०, धरानका ३, बुढीगंगाका २, रंगेली र सुनबर्षीका १–१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोमबार ६४ जना संक्रमित थपिएका छन् । थपिएकामा २४ महिला र ४० पुरुष छन् । मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकुटामा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जना रहेको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरका १० महिला र १३ पुरुष, सुन्दरहरैचामा १ महिला २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, जहदामा १ पुरुषमा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार सुनसरीको गढीमा ३ महिला ३ पुरुष, दुहवीमा ३ पुरुष, बर्जुमा ४ महिला १ पुरुष, धरानमा २ महिला १ पुरुष, इटहरीमा १ महिला १ को रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको बाहदशीमा १ महिला ४ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा २ पुरुष, संखुवासभाको खाँदबारीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ७२३ पुगेको छ ।

प्रदेश १ बाट मंगलबार १२ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबट १२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनको संख्या १ हजार २ सय ८० पुगेको छ ।

प्रदेश १ मा मंगलबार १ हजार ५५० जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार हालसम्म ७८ हजार ७०२ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रकाशित: Aug 24, 2020| 16:10 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।