शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न मानव अधिकार आयोगको माग

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न मानव अधिकार आयोगको माग

राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै काठमाडौंलगायत देशका विभिन्न जिल्लामा स्वास्थ्यकर्मीमाथि छिमेकी तथा टोलबासीबाट भएको धम्की तथा अमानवीय व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘कोभिड–१९ को रोकथाम र नियन्त्रणमा अग्रपंक्तिमा रही नागरिकको जीवनरक्षाका लागि कार्य गर्ने स्वास्थ्यकर्मीमाथि नै भएका यस प्रकारका दुव्र्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्न सक्नेप्रति सचेत हुन जरुरी छ’, विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूप्रति सहयोग र सम्मानजनक व्यवहार गर्दै नागरिकको कर्तव्य पालना गर्न आयोग सम्बद्ध सबैलाई आग्रह गर्दछ।’

आयोगका सचिव वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा कानुनको दायराभन्दा माथि गई गरिने यस प्रकारका घटना छानबिन गरी दोषीउपर कानुनी कारबाही गर्नसमेत आयोगले स्थानीय प्रशासनलाई आग्रह गरिएको छ।

हालको जनस्वास्थ्य संकटको अवस्थामा उच्चमनोबलका साथ कार्य गर्नुपर्ने पेसाकर्मीहरुको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने प्रकृतिका कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरुलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा उनीहरुमाथि नै अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Aug 24, 2020| 14:54 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।