बिहीबार, भदौ ११, २०८३

देशभर ४०५ स्वास्थ्यकर्मी कोरोना संक्रमित, कहाँ कति ?

कोभिड–१९ को उपचारमा खटिएका ४०५ जना स्वास्थ्यकर्मी तथा चिकित्सक संक्रमित भएका छन्।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं– कोभिड–१९ को उपचारमा खटिएका देशभरका ४०५ जना स्वास्थ्यकर्मी तथा चिकित्सक संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारसम्मको तथ्यांकअनुसार ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ।

संक्रमितमध्ये सबैभन्दा धेरै वीरगन्जको नारायणी अस्पतालमा कार्यरत ६६ स्वास्थ्यकर्मी छन्।

त्रिवि शिक्षण अस्पतालमा २० जना, भरतपुर अस्पताल चितवनमा १८ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७ जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

मन्त्रालयको तथ्यांकअनुसार सुर्खेत प्रादेशिक अस्पतालमा १० जना, गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा नौ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रदेश ५ मा नौ जना, नेपाल प्रहरी अस्पतालमा सात जना र कुश्मा नगरपालिकामा ६ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

पर्सा जिल्ला जनस्वास्थ्य कार्यालयमा ६ जना, धुलिखेल अस्पतालमा पाँचजना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना स्वाथ्यकर्मीमा कोरोना पुष्टि भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

कलैया अस्पतालमा चार जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना, खप्तड चण्डीडाँडा गाउँपालिका बाजुरामा चार जना र जिल्ला स्वास्थ्य कार्यालय अछाममा तीन जना संक्रमित छन्।

संक्रमित स्वास्थ्यकर्मीमा रामारोशन गाउँपालिकाका अछाममा तीन जना, गण्डक हस्पिटल वीरगन्जमा तीन जना, काठमाडौं मेडिकल कलेज सिनामंगलमा तीन जना र बयोधा अस्पताल तीन जना छन्।

नारायणी सामुदायिक अस्पताल भरतपुरमा दुई जना, धनकुटा अस्पतालमा दुई जना नेसनल मेडिकल कलेज पर्सामा दुई जना, पर्वत अस्पतालमा दुई जना स्वास्थ्यकर्मी संक्रमित भएको तथ्यांक छ।

सेती प्रादेशिक अस्पतालमा दुई जना, जानकी हेल्थकेयर जनकपुरमा दुई जना र वीरेन्द्र सैनिक अस्पतालमा दुई जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ।

यसैगरी ह्याम्स हस्पिटलमा एक जना, शुक्लाफाँटा नगरपालिकामा एक जना, परोपकार प्रसूति अस्पतालमा एक जना, पोखरा महानगरपालिकामा एक जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

अछामको पञ्चदेवल नगरपालिकामा एक जना, कोइलाबास हेल्थ पोस्ट दाङमा एक जना, ओम कञ्चनपुर स्वास्थ्य चौकीमा एक जना, गढीमाई गाउँपालिका बारामा एक जनामा संक्रमण भएको छ।

देउपुर हेल्थ पोस्ट धनुषामा एक जना, वीरेन्द्रनगर नगरपालिकामा दुई जना र ईडीसीडीमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमित भएको मन्त्रालयको तथ्यांक छ।

उदित हेल्थ पोस्ट बारामा एक जना, बी एन्ड बी हस्पिटलमा ललितपुरमा एक जना, पर्साको बदिहार क्वारेन्टिनमा कार्यरत तीनजना र बाजुराको हेल्थ पोस्टमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ।

प्रकाशित: Aug 24, 2020| 14:40 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।