शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि अभद्र व्यवहार नगर्न बारको आग्रह

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि अभद्र व्यवहार नगर्न बारको आग्रह

नेपाल बार एसोसिएसनले स्वास्थ्यकर्मी, चिकित्सक, स्वास्थ्य संस्था, आइसोलेसन वार्डमा भएका असामाजिक, अभद्र व्यवहार नगर्न आग्रह गरेको छ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं– नेपाल बार एसोसिएसनले स्वास्थ्यकर्मी, चिकित्सक, स्वास्थ्य संस्था, आइसोलेसन वार्डमा भएका असामाजिक, अभद्र व्यवहार नगर्न आग्रह गरेको छ।

मुलुकका कतिपय ठाउँमा कोरोना संक्रमित र संक्रमणबाट मुक्त व्यक्तिमा समाजले नराम्रो व्यवहार गर्नु दुःखदायी विषय भएको भन्दै बारले विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरेको छ।

बारले सोमबार जारी गरेकोे विज्ञप्तिमा उल्लेख छ, ‘काठमाडौं, चितवन, मोरङ, संखुवासभा, जाजरकोटलगायतका जिल्लामा स्वास्थ्यकर्मी, चिकित्सक, स्वास्थ्य संस्था, आइसोलेसन वार्ड लगायतमा भएका असामाजिक र अभद्र व्यवहारले हामीलाई लज्जाबोध भएको छ।’

बारले यस्ता गलत गतिविधिमा संलग्न उपर कारबाही गर्न र संविधानले प्रदान गरेको नागरिकको स्वास्थ्य सम्बन्धी हकको निर्बाध प्रचलन गराउने व्यवस्था मिलाउन सरकार र सम्बन्धित निकायसँग माग गरेको छ।

विज्ञप्तिमा महामारीका समयमा दनरात नभनी संक्रमण नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संक्रमित बिरामीप्रति सम्मान भाव राखी मनोबल उच्च गराउनेतर्फ अग्रहर हुन समेत सबैसँग आग्रह गरिएको छ।

प्रकाशित: Aug 24, 2020| 13:49 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।