सुर्खेत– डोल्पामा विषालु च्याउ खाँदा चार जना गम्भीर बिरामी परेका छन्।
ठूलोभेरी नगरपालिका–५ पोखेपानीका सत्यबहादुर शाही, कमलजंग शाही, उत्तम शाही र सूर्यबहादुर शाही गम्भीर बिरामी परेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।
उनीहरूले आइतबार गोठालो गएका बेला च्याउ खाएका थिए। उनीहरुलाई उपचारका लागि सोमबार बिहान हेलिकोप्टरबाट नेपालगन्ज पुर्याइएको छ। ठूलोभेरी नगरपालिकाले उनीहरुलाई हेलिकोप्टर चार्टर गरेर नेपालगन्ज लगिएको हो।
