बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिवेदन अध्ययन गर्न बाँकी भन्दै ओली-दाहाल छलफल स्थगित

प्रतिवेदन अध्ययन गर्न बाँकी भन्दै ओली-दाहाल छलफल स्थगित

सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज हुने भनिएको छलफल स्थगित भएको छ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं– सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज हुने भनिएको छलफल स्थगित भएको छ।

दुई अध्यक्षबीच कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम थियो।

प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले आज हुने भनिएको छलफल स्थगित भएको जानकारी दिए। यसअघि दुई अध्यक्षबीच आइतबार हुने भनिएको छलफल सोमबारका लागि तोकिएको थियो।

बालुवाटार स्रोतका अनुसार प्रतिवेदनमाथि अध्ययन गर्न बाँकी रहेको भन्दै दुई अध्यक्षले छलफल स्थगित गरेका हुन्।

अब दुईअध्यक्षबीच मंगलबारका लागि छलफल हुने बताइएको छ।

पार्टीभित्र देखिएको विवाद समाधान गर्न भन्दै महासचिव विष्णु पौडेल संयोजकत्वमा ३० साउनमा कार्यदल गठन गरिएको थियो।

कार्यदलले शनिबार दुवै अध्यक्षलाई प्रतिवेदन बुझाएको थियो।

अध्यक्षबीचको भेटवार्तापछि नेकपाले सचिवालयको बैठक बोलाउने तयारी गरेको छ। कार्यदलमा नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल, पम्फा भुसाल सदस्य थिए।

कार्यदलले बुझाएको प्रतिवेदनमा पार्टीभित्र देखा परेको विवाद समस्या समाधानका लागि विभिन्न सुझाव दिइएको छ।
कार्यदलले ओलीले ५ नै वर्ष प्रधानमन्त्री र दाहाल सम्पूर्ण कार्यकारी अधिकार लिएर पार्टी चलाउन सुझाव दिएको छ।

पार्टीलाई एकताबद्ध बनाउनुपर्ने कुरामा पनि कार्यदलले प्रतिवेदनमा समेटेको छ।

प्रकाशित: Aug 24, 2020| 12:05 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।