बिहीबार, भदौ ११, २०८३

कार्यदलको प्रतिवेदनमा छलफल गर्दै ओली–दाहाल

सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको कार्यदलले बुझाएको प्रतिवेदनमाथि सोमबार छलफल हुँदै छ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं– सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको कार्यदलले बुझाएको प्रतिवेदनमाथि सोमबार छलफल हुँदै छ।

प्रतिवेदनमाथि आइतबार नै छलफल गर्ने कार्यक्रम रहे पनि अध्ययन गर्न बाँकी रहेको भन्दै आजका लागि तय भएको हो।

सोहीअनुसार दुवै अध्यक्षबीच केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु हुने बालुवाटार स्राेतले बतायाे।

पार्टीभित्र देखिएको विवाद समाधान गर्न महासचिव विष्णु पौडेल संयोजकत्वमा ३० साउनमा कार्यदल गठन गरिएको थियो। कार्यदलले शनिबार दुवै अध्यक्षलाई प्रतिवेदन बुझाएको थियो।

अध्यक्षबीचको भेटवार्तापछि नेकपाले सचिवालयको बैठक बोलाउने तयारी गरेको छ। कार्यदलमा नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल, पम्फा भुसाल सदस्य थिए।

प्रतिवेदनमा पार्टीभित्र देखा परेको विवाद समस्या समाधानका लागि विभिन्न सुझाव दिइएको छ।

कार्यदलले ओलीले ५ नै वर्ष प्रधानमन्त्री र प्रचण्डले सम्पूर्ण कार्यकारी अधिकार लिएर पार्टी चलाउन सुझाव दिएको छ।

पार्टीलाई एकताबद्ध बनाउनुपर्ने कुरामा पनि कार्यदलले प्रतिवेदनमा समेटेको छ।

प्रकाशित: Aug 24, 2020| 11:18 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।