बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंका प्रत्येक वडामा कोरोना संक्रमित, उपत्यकामा संक्रमितको संख्या ३२ सय नाघ्यो

काठमाडौंका प्रत्येक वडामा कोरोना संक्रमित, उपत्यकामा संक्रमितको संख्या ३२ सय नाघ्यो

तिब्र रुपमा फैलिएको कोरोना भाइरस काठमाडौंको प्रत्येक वडामा पुगेको छ । ३२ वटै वडामा कोरोना भाइरसको संक्रमण फेला परेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं– कोरोना भाइरस काठमाडौंको प्रत्येक वडामा पुगेको छ । ३२ वटै वडामा कोरोना भाइरसको संक्रमण फेला परेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

सबैभन्दा धेरै संक्रमित वडा नम्बर ३२ को कोटेश्वर क्षेत्रमा भेटिएको छ । जहाँ १२३ जनामा संक्रमण पुष्टि भएको छ । सबै वडामा संक्रमित भेटिएसँगै सतर्कता अपनाउन महानगरले अपिल गरेको छ ।

पछिल्लो समय काठाडौं उपत्यकामा दिनहुँ करिब २ सय संक्रमित फेला पर्ने गरेको छ । आइबार १६६ जना संक्रमित थपिएका थिए भने शनिबार २१६, शुक्रबार १८२, बिहीबार २०० र बुधबार १५९ संक्रमित थपिएका थिए।

उपत्यकामा कोरोना संक्रमितको कुल संख्या ३ हजार २४२ पुगेको छ। यीमध्ये काठमाडौंका २ हजार ४९०, ललितपुरका ४२४ जना र भक्तपुरका २५० जना छन्।

नेपालमा अहिलेसम्म ६ लाख ४ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ३१ हजार ९ सय ३५ जनामा कोरोना पोजेटिभ आएको छ ।

हालसम्म कोरोनाबाट १ सय ४९ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Aug 24, 2020| 09:18 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।