बिहीबार, भदौ ११, २०८३

चितवनमा फेरि थप २० जनामा कोरोना पुष्टि

चितवन मेडिकल कलेजको स्वाब सकंलन केन्द्रमा आइतबार गरिएको परीक्षणमा चितवनका १४ जनासहित २० जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

भरतपुर- चितवनमा आज थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजको स्वाब सकंलन केन्द्रमा आइतबार गरिएको परीक्षणमा चितवनका १४ जनासहित २० जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुरका छन् । भरतपुर–१ का ७४ वर्षीया महिला र २३ वर्षीया पुरुष, भरतपुर–२ का ३१ वर्षीय पुरुष, भरतपुर–३ का ३१ वर्षीय पुरुष, भरतपुर–५ का २२ र ३३ वर्षीया दुई महिला छन् ।

यस्तै भरतपुर–९ का ४३ वर्षीया पुरुष, भरतपुर–१० की २३ वर्षीया महिला, भरतपुर–११ का ३५ र ५२ वर्षीय दुई पुरुष, भरतपुर–१५ का २० वर्षीय पुरुष, भरतपुर–१६ का २० वर्षीया महिला, भरतपुर–२८ का ६२ वर्षीय पुरुष र खैरहनी–१२ को ३० वर्षीया महिला रहेका छन् ।

यसैगरी मकवानपुरको हेटौंडा–४ की ४९ वर्षीया महिला, नवलपरासी पूर्व गैंडाकोट–२ का ३८ वर्षीया महिला, ४२ वर्षीष पुरुष र कावासोती–१४ का २२ वर्षीया महिला गरी तीन जना, बारा कलैया–४ का ६५ वर्षीय पुरुष र गोरखा–१ का ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजमा कुल १२० वटा नमुनाको परीक्षण गरिएकोमा २० जनाको रिपोर्ट पोजेटिभ आएको हो।

यसअघि आइतबार राति १२ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित: Aug 24, 2020| 08:14 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।