धरान- प्लाज्मा थेरापी गरिएका एक पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका ८ घर भएका ६८ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
आइतबार दोस्रोपटक पुनः प्लाज्मा थेरापीको तयारी गर्दै गर्दा उनको निधन भएको अस्पतालले जनाएको छ ।
पन्ध्र दिन अगाडि फोक्सोमा इन्फेक्सन भएपछि अस्पताल भर्ना भएका पुरुषको कोरोना पोजिटिभ देखिएको थियो।
धरानमा लामो समयदेखि हाड्यवयर व्यपार गर्दै आएका मृतकको कुनै ट्राभल हिस्ट्री नभए पनि कहाँबाट कोरोना संक्रमण भयो भन्ने पत्ता नलागेको अस्पतालले जनाएको छ ।
शनिबार बीपी प्रतिष्ठानमै दोस्रो प्लाज्मा थेरापी गरिएका अर्का पुरुषको पनि निधन भएको थियो। धरानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ। सुनसरीमा कोरोना संक्रमितको संख्या ४ सय ४१ पुगेको छ।
